​बजारमा नक्कली ‘सौन्दर्य सामग्री’ छ्याप्छा्प्ती, सरकारले बनायो मापदण्ड

Newslaya Home

​बजारमा नक्कली ‘सौन्दर्य सामग्री’ छ्याप्छा्प्ती, सरकारले बनायो मापदण्ड

मङ्गलबार १२, चैत २०७५

बिबिसि । केही महिनाअघि नेपालमा विक्री भइरहेका स्वदेशी तथा विदेशी सौन्दर्य प्रसाधनका कतिपय सामग्रीको परीक्षण गर्दा तिनमा अत्यधिक मात्रामा मानव स्वास्थ्यलाई हानि गर्ने तत्त्वहरू भेटिएको थियो।

यसअघि यस्ता सामग्रीप्रति खासै वास्ता नगर्ने अनुगमनकारी सरकारी निकायका अधिकारीहरूले उक्त परीक्षण प्रतिवेदन हेरेका थिए । आफैँले गरेको परीक्षणबाट मानवस्वास्थ्यलाई नै असर पार्ने तत्त्व मिसाइएको पुष्टि हुँदा पनि सरकारी निकायलाई कडा कारबाही अघि बढाउन समस्या पर्ने देखियो।

त्यसको कारण थियो– हालसम्म नेपालमा सौन्दर्य प्रसाधनका सामग्रीहरूको मापदण्ड नहुनु।

त्यसपछि बल्ल उपभोग्य वस्तुको गुणस्तर मापदण्ड तय गर्ने र अनुगमन गर्ने निकायहरूले यसबारे चासो लिएका थिए।

मापदण्ड किन ?
त्यसका लागि केही चल्तीका कम्पनीहरूले उनीहरूलाई झक्झक्याउने काम गरेका थिए।

आफ्नो नाम, लोगो र ट्रेडमार्क चोरेर बजारमा सौन्दर्य प्रसाधनका सामग्री बिक्री गरिएको पाइएपछि उनीहरूले उद्योग विभागमा उजुरी दिएका थिए।

उक्त उजुरीका आधारमा विभिन्न स्थानमा प्रहरीको सहायताले छापा मारेर ती सामग्रीको गुणस्तर परीक्षण गराइएको थियो।

गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी भन्छन्, ‘परीक्षणका क्रमममा सौन्दर्य सामग्रीहरूमा अत्यधिक मात्रामा सिसा, पारो, आर्सेनिक, क्रोमियम, टाइटानियमजस्ता रसायन प्रयोग गरेको भेटियो। त्यसपछि हामीलाई जनस्वास्थ्यप्रति संवेदनशील हुनै पर्नेरहेछ जस्तो लाग्यो।’

यी मापदण्डमा सौन्दर्य सामग्रीमा कस्ताकस्ता रसायन, कच्चा पदार्थ कति मात्रामा प्रयोग गर्न पाइन्छ र के गर्न पाइँदैन भन्ने स्पष्ट व्यवस्था गरिएको छ । 
गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार उक्त परीक्षणकै कारण विभागसहित अन्य सरकारी निकाय र सरोकारवालाले यस्ता वस्तुको मापदण्ड बनाउनु पर्ने महसुस गरेको हो।

फलस्वरूप विभागले सौन्दर्य सामग्रीसम्बन्धी विभिन्न छ वटा मापदण्ड तयार पार्‍यो।

के छ मापदण्डमा ?

‘हामीले अहिले छ थरी मापदण्ड तयार पारेर सर्वसाधारणको सुझाव सङ्कलनका लागि सार्वजनिक गरेका छौँ,’ पुडासैनी भन्छन्,‘ूयसलाई नेपाल गुणस्तर परिषद्ले पारित गरेर मन्त्रिपरिषद्‍बाट अनुमोदन भएपछि लागु हुन्छ।’

अधिकारीहरूका अनुसार सौन्दर्य प्रशासनसम्बन्धी ती मापदण्ड चाँडै उक्त परिषद्‍मा पेस गरिनेछ।

पुडासैनीका अनुसार विभागले हाल छालामा लगाइने लोशन, क्रीम, लिपिस्टिकसहित विभिन्न सौन्दर्य सामग्रीका कच्चा पदार्थहरूको मापदण्ड बनाएको छ।

यी मापदण्डमा सौन्दर्य सामग्रीमा कस्ताकस्ता रसायन, कच्चा पदार्थ कति मात्रामा प्रयोग गर्न पाइन्छ र के गर्न पाइँदैन भन्ने स्पष्ट व्यवस्था गरिएको पुडासैनीले जनाकारी दिए ।

नेपाल गु्णस्तर तथा नापतौल विभागले सौन्दर्य सामग्रीका मापदण्डहरू तयार पारिसकेको जनाएको छ ।