‘बरु संसारकै लागि नराम्रो हुन्छु, तर विराटनगरको लागि खराब हुन्नँ’

Newslaya Home

‘बरु संसारकै लागि नराम्रो हुन्छु, तर विराटनगरको लागि खराब हुन्नँ’

दाहालसँग दिक्क जनप्रतिनिधि अधिकारीसँग आशावादी
सोमबार ११, चैत २०७५

विराटनगर । विराटनगर महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा भर्खरै आएका एकदेव अधिकारीले विराटनगरको विकासको लागि कुनै कसर बाँकी नछाड्ने बताएका छन् । 

विराटनगरमा सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले पारदर्शी र जवाफदेही तरिकाले काम गर्ने बताए । ‘म आएको छु, अब अध्याँरोमा काम हुन्न,’ उनले भने । विराटनगरको बजेट, नीति तथा कार्यक्रमलाई लागु गर्ने सवालमा सहजकर्ताको काम गर्ने उनले बताए ।

आफू विराटनगरकै वासिन्दा भएकोले पनि आफूलाई विराटनगरको माया रहेको बताउँदै भने, ‘बरु संसारकै लागि नराम्रो हुन्छु, तर महानगरको लागि खराब हुन्नँ ।’

अधिकारी यसअघि मोरंग जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको भूमिकामा रहीसकेका छन् ।

नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएका अधिकारीसँग नगरवासीले समेत सकारात्मक भूमिकाको आशा गरेका छन् । 

दाहालसँग दिक्क जनप्रतिनिधि अधिकारीसँग आशावादी
यसअघिका प्रमुख प्रशासकीय अधिकृत कुमार दाहाल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा भएर गएका छन् । दाहाल महानगरपालिकामा रहँदा आलोचित थिए । महानगरको विकासका योजनालाई असहयोग गरेको आरोप उनीमाथि थियो ।

दाहालको भूमिका र काम गराइलाई लिएर मेयर भीम पराजुलीलगायतका जनप्रतिनिधि नै असन्तुष्ट र दिक्क थिए । ‘आफै जनप्रतिनिधि र सरकार हुँ भने झैं गर्थे,’ विराटनगरका एक स्थानीय नेताले भने, ‘जनप्रतिनिधिको नीतिसम्मत आदेशसमेत नमानेर कामलाई अल्झाउँथे ।’ 

मेयर पराजुलीसँग हुन्छ भन्ने तर विभिन्न बहानामा मेयरले भनेका र चाहेका कामहरु नगर्ने गरेको सेवाग्राहीहरुको गुनासो थियो । दाहालले नगर विकासका धेरै राम्रा कामलाई ‘पेण्डिङ’ राखेको चर्चा थियो । कम्युनिष्ट पार्टी निकटका दाहाल नेपाली काँग्रेस निकटका जनप्रतिनिधिलाई असफल बनाउने भूमिकामा रहेको चर्चा चलेको थियो । दाहाल सरुवा भएर गएपछि