​भारतका गरिबलाई वार्षिक ७२ हजार दिने राहुल गान्धीको घोषणा

Newslaya Home

​भारतका गरिबलाई वार्षिक ७२ हजार दिने राहुल गान्धीको घोषणा

सोमबार ११, चैत २०७५

काठमाडौं । भारतको कांग्रेस पार्टीले भारतका २० प्रतिशत सबैभन्दा गरिब जनताहरुलाई वार्षिक ७२ हजार रुपैयाँ दिने घोषणा गरेको छ । न्यूनतम आय ग्यारेन्टी योजनाअन्तर्गत कांग्रेसले भारतका गरिबहरुलाई सो रकम दिने भएको हो ।

कांग्रेस अध्यक्ष राहुल गान्धीले कांग्रेसले चुनाव जिते भारतका २० प्रतिशत सबैभन्दा बढी गरिबलाई वार्षिक ७२ हजार रुपैयाँ दिने घोषणा गरेका हुन् ।