​विप्लव माओवादी नेता हेमन्तप्रकाशसँग २२ वटा सिमकार्ड

Newslaya Home

​विप्लव माओवादी नेता हेमन्तप्रकाशसँग २२ वटा सिमकार्ड

सोमबार ११, चैत २०७५

काठमाडौ । नेत्रविक्रम चन्द ‘विप्लव’ का एक जना नेताबाट २२ वटा सिमकार्ड फेला परेको छ । 

ट्रयाकबाट बच्न पुराना सिमकार्ड फाल्ने र नयाँ नयाँ सिमकार्ड प्रयोग गर्ने गरेको र सो क्रममा नयाँ र पुराना गरेर २२ वटा सिमकार्ड भेटिएको अनुसन्धानमा खुलेको छ ।

शुक्रबार पक्राउ परेका सो पार्टीका नेता हेमन्तप्रकाश ओली र उनका सहयोगीसँग २२ वटा सिमकार्ड भेटिएको हो । 

ओलीले आफूले पक्राउ पर्ने डरले कार्यकर्ताकै सिमकार्ड धेरै प्रयोग गर्ने र पुराना सिमकार्ड प्रयोग गर्ने गरेको समेत खुलेको छ ।