​तीन बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इटहरीका पूर्व प्रहरी पक्राउ

Newslaya Home

​तीन बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा इटहरीका पूर्व प्रहरी पक्राउ

आइतबार १०, चैत २०७५

इटहरी । इटहरीमा तीन जना बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शनिबार एक व्यक्ति पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा इटहरी–३ का ५० बर्षीय देवीबहादुर लिम्बु रहेका छन् । पैसा र खानेकुराको प्रलोभन देखाइ स्थानीय बालिकाहरुलाई जवरजस्ती करणी गरेको आरोपमा लिम्बु पक्राउ गरिएको हो । स्थानियले नियन्त्रणमा लिने क्रममा भागेपछि प्रहरीको सहयोगमा लिम्बुलाई पक्राउ गरिएको थियो ।

लिम्बुले एक बालिकालाई एक बर्षदेखि लगातार जवरजस्ती करणी गरेका थिए भने अन्य दुई बालिकालाई पनि जवरजस्ती करणीको प्रयास गरेको बताइएको छ ।

पिडित बालिकाहरुका परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा लिम्बु बिरुद्ध किटानी जाहेरी समेत दिएका छन् । लिम्बु नेपाल प्रहरीका पूर्व प्रहरी (असई) हुन् । उनले बालिकाहरुलाई बजार घुमाउन लानुको साथै घरमै खाने कुरा र पैसाको प्रलोभन देखाउने गरेको पिडित परिवारले बताएका छन् । पिडित बालिकाहरु सबै ११ बर्ष उमेरमा छन् । 

इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बुद्धि चौलागाईले लिम्बुलाई म्याद थपको लागी सुनसरी जिल्ला अदालत लगिएको छ ।