प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान

Newslaya Home

प्रहरी र विप्लव कार्यकर्ताबीच गोली हानाहान

बुधबार ०६, चैत २०७५

काभ्रे । काभ्रेमा प्रहरी र विप्लव नेतृत्वको नेकपा कार्यकर्ताबीच गोली हानाहान भएको छ ।

रोशी गाउँपालिका २ खहरेपाँगुको काफलडाँडामा चन्द नेतृत्वको नेकपाका कार्यकर्तालाई पक्राउ गर्न खोज्दा उनीहरुले गोली चलाएपछि र प्रहरीले पनि जवाफी फायरिङ गरेको प्रहरीले जनाएको छ । गोली हानाहान हुँदा के कति क्षति भयो भन्ने जानकारी प्राप्त भएको छैन ।

विप्लव समूहका नेता तथा कार्यकर्ता उक्त स्थानमा छन् भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी अपराध महाशाखा टोली मंगलबार साँझ त्यहाँ पुगेको थियो । जिल्ला प्रहरी कार्यालयलाई समेत थाहा नदिई आएको टोली कार्वाही गरेर फर्किएको जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ । 

महाशाखाका अनुसार नेकपाको गतिविधिबारे सूचना आएपछि महाशाखाका एसपी सोमेन्द्र राठौर र डीएसपी रुगम कुँवर नेतृत्वको टोली खहरेपाँगु पुगेको थियो ।