आज साफ महिला फुटबलको सेमिफाइनल : नेपाल–श्रीलंका र भारत–बंगलादेश भिड्दै

Newslaya Home

आज साफ महिला फुटबलको सेमिफाइनल : नेपाल–श्रीलंका र भारत–बंगलादेश भिड्दै

बुधबार ०६, चैत २०७५

विराटनगर । विराटनगरमा जारी साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलअन्तर्गतको खेल बुधबार हुँदैछ । बुधबारको खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।

प्रतियोगितामा नेपाल श्रीलंकाभन्दा बलियो टिमको रुपमा परिचित छ । च्याम्पियनसीपकै दावेदार टोली नेपालले श्रीलंकालाई सहजरुपमा पाखा लगाउने अनुमान गरिएको छ ।

नेपालले समूह ‘ए’ को विजेता बन्दा अहिलेसम्म कुनै पनि गोल खाएको छैन । भुटानमाथि ३–०,  बंगलादेशमाथि ३–० को विजय नेपालले निकालेको थियो ।

उता माल्दिभ्सलाई २–० गोलअन्तरले पराजित गरेको श्रीलंका भारतसँग ५–० गोलअन्तरले पराजित भएको थियो ।

सेमिफाइनलको अर्को खेल आजै भारत र बंगलादेशबीच दिउँसो तीन बजे हुँदैछ ।