​आजदेखि होली सुरु, यस्तो छ महिमा (भिडियोसहित)

Newslaya Home

​आजदेखि होली सुरु, यस्तो छ महिमा (भिडियोसहित)

बुधबार ०६, चैत २०७५

काठमाडौं । आजदेखि रंगहरुको पर्व होली सुरु भएको छ । हिमाली र पहाडी जिल्लाहरुमा बुधबार होली मनाइँदैछ । तराई मधेसका जिल्लामा भने बिहीबार होली मनाइन्छ । दुवै दिन सरकारले सार्वजनिक विदा दिएको छ ।

होलीमा विभिन्न रङ, अबिर र लोला खेलिन्छ । होली पर्वलाई मेलमिलाप र सदभावको पर्वको रुपमा पनि लिइन्छ ।

होली पर्व असत्यमाथि सत्यको विजय उत्सवको रूपमा रङ दलेर मनाउने गरिएको धार्मिक मान्यता छ । होलीकालाई आगोले भष्म गरी सत्यवादी प्रल्हादको उद्दार भएको धार्मिक कथनसँग जोडेर यो पर्व मनाउने गरिएको बताइन्छ ।

होलीको अवसरमा चोक, सडकहरुमा बिभिन्न संघसंस्थाले होली विशेष कार्यक्रम आयोजना गरेका छन् ।

होलीमा जथाभावी लोला हान्न र अमर्यादित गतिविधि गर्न सरकारले प्रतिबन्ध लगाएको छ । सोअनुसार प्रहरीहरुले सुरक्षा व्यवस्था कडा बनाएका छन् ।

होलीको महिमाको सन्दर्भमा न्युजलयले तयार पारेको भिडियो: