सावधान, यी भारतीय औषधीहरु गुणस्तरहीन (सुचीसहित)

Newslaya Home

सावधान, यी भारतीय औषधीहरु गुणस्तरहीन (सुचीसहित)

बुधबार ०६, चैत २०७५

काठमाडौं । नेपाली बजारमा बिक्रि हुँदै आइरहेका विभिन्न भारतीय औषधि गुणस्तरहीन प्रमाणित भएका छन् । 

भारतको सेन्ट्रल ड्रग स्ट्यान्डर्ड एन्ड कन्ट्रोल अर्गानाइजेसनले हालै सार्वजनिक गरेको प्रतिवेदन अनुसार विभिन्न ३७ वटा भारतीय कम्पनीका औषधिको गुणस्तर फेल भएका छन् । 

भारतले बजारमा पुगेका यी सबै औषधि फिर्ता ल्याउन निर्देशन दिएको छ । 

भारतीय बजारबाट हटाएपनि यी औषधीहरु नेपाली बजारबाट कसरी हटाइन्छन् भन्ने प्रश्न खडा भएको छ । नेपाली बजारमा आइसकेका ती औषधिका विषयमा नेपालको औषधि व्यवस्था विभागले भने केही प्रक्रिया अगाडि बढाएको छैन । विभागले औषधि आयातकर्तालाई बोलाएर आवश्यक कारबाही अगाडि बढाएको छैन । भारतीय विभिन्न कम्पनिका औषधीहरुलाई नेपाली बजारमा पुर्याउने काम नेपालकै विभिन्न कम्पनिहरुले गर्दै आएकाछन् ।

३७ वटा कम्पनीले उत्पादन गरेका विभिन्न ब्याचका औषधिको गुणस्तर फेल भएको छ । तीमध्ये अधिकांस कम्पनीका औषधि नेपालमा आउने गरेको छ । 

लार्क ल्याबोरेटरी कम्पनिका औषधी नेपालमा आशु ड्रग प्रालीले बेच्दै आएको छ । त्यस्तै, बाल फर्माको औषधि हाम्रो मेडिको कन्सर्न, हिन्दुस्तान मेडिसिनको औषधी मिन्को फर्मा लिंक प्राली, ग्राक्योर फर्मास्युटिकल्सको ब्लु ओसियन, इन्डस्विफ्टको औषधि सिजल फर्मा,  फेसेनिउस कवी अंकोलोजिका औषधि भाइटल हेल्थ केयर प्राली, अल्बर्ट डेविडको औषधि सुभम औषधि कम्पनीले आयात गर्दै आइरहेका छन् । 

यी आयातकर्ताहरुले भारतीय गुणस्तरहीन औषधी आयात गर्ने मात्र होइन, नेपाली औषधी गुणस्तरहीन भएको भन्दै दुई वर्षअघि गगन थापा स्वास्थ्यमन्त्री हुँदा आन्दोलन चर्काएका थिए । 

यी हुन् भारतले सार्वजनिक गरेको गुणस्तर फेल भएका औषधि र कम्पनी :







स्वास्थ्यखबर