सभ्य र मर्यादित ढंगले होली मनाउन गृह मन्त्रालयको अग्रह

Newslaya Home

सभ्य र मर्यादित ढंगले होली मनाउन गृह मन्त्रालयको अग्रह

मङ्गलबार ०५, चैत २०७५

काठमाडौं । गृह मन्त्रालयले सभ्य र मर्यादित ढंगले होली मनाउनलागि आग्रह गरेको छ । 

धार्मिक र साँस्कृतिक महत्वको पर्व समेत रहेको होली पहाड र तराईमा गरि दुई दिन मनाउने गरिन्छ । जहाँ एक अर्कालाई रंग दलेर खुशियाली साटासाट गर्ने गरिन्छ ।

सोही होली पर्वको विज्ञाप्ती मार्फत शुभकामना दिँदै गृह मन्त्रालयले होलीमा कसैको इच्छा विपरित जबरजस्ती, अमर्यादित, गैरकानूनी र उच्श्रृंखल किसिमका कुनै पनि व्यवहार नगर्न आग्रह गरेको हो।

यदी कसैले कानून विपरित यस्तो गरेको पाइएका प्रचलित कानून विपरित काम गरे गराएमा प्रचलित कानून बमोजिम कारबाही मन्त्रालयले जनाएको छ ।