​अमेरिकामा प्रचण्डविरुद्ध उजुरी !

Newslaya Home

​अमेरिकामा प्रचण्डविरुद्ध उजुरी !

मङ्गलबार ०५, चैत २०७५

काठमाडौं । पत्नी सीता दाहालको उपचारका लागि अमेरिका पुगेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध उजुरी परेको छ ।  

केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा. तिलक श्रेष्ठले अध्यक्ष प्रचण्डविरुद्ध उजुरी गरेका हुन् । उनले बाल्टीमोरस्थित संघीय ब्युरोमा युद्ध अपराध र आतंकवादी कार्यमा संलग्न भएको भन्दै अध्यक्ष प्रचण्डविरुद्ध उजुरी दर्ता गरेका छन् । 

‘आतंकवादी भनेर चिनिएका पुष्पकमल दाहाल नेपालबाट आएको छन् । उनी अमेरिकाको आतकंकारी सूचीमा रहेका थिए । उनी संलग्न भएको गतिविधिका कारण १७ हजारभन्दा बढी गरिब नेपाली मारिएका थिए । पत्नी सीता दाहालको उपचारका लागि उनी अमेरिकाको जोन होप्किन्स अस्पतालमा छन्,’ डा श्रेष्ठले दायर गरेको उजुरीमा उल्लेख छ ।