​प्रितमलाई सहयोग गर्न लागिपरे इटहरीवासी (भिडियोसहित)

Newslaya Home

​प्रितमलाई सहयोग गर्न लागिपरे इटहरीवासी (भिडियोसहित)

मङ्गलबार ०५, चैत २०७५

इटहरी । नेपालका बाल गायक प्रितम आचार्यलाई सहयोग गर्नको लागि इटहरीवासी लागि परेका छन् । 

सोमबार बिहान इटहरीको सेन्ट्रल प्लाजामा प्रितमको सहयोगको लागि भेला कार्यक्रम समेत राखिएको थियो । जसमा सङ्गीतकर्मी, पत्रकार लगायतका अन्य मानिसहरूको समेत सहभागिता रहको थियो । 

जी टिभीबाट प्रसारण हुने भारतीय रियालिटी सो ‘सारेगमपमा’ मा धूम मच्चाई रहेका प्रितमलाई पैसा र प्रचारकै कारण हार्न नदिने भन्दै सहयोग गर्नको लागि उनीहरू लागि परेका हुन् । जसको लागि बैङ्कमा खाता र सेन्ट्रल प्लाजामा कार्यालय समेत खोलिएको छ । 

प्रितमले सुरुवाती देखिनै राम्रो प्रस्तुति दिँदै आएका प्रितम छन् । उनले ‘रियालिटी सो’ प्राय सबै एपिसोडमा चार्टवास्टर पनि प्राप्त गरेका छन् । 

यस्तै ‘सारेगमप’ को प्राय सबै प्रोमोहरुमा पनि प्रितमलाई नै राखिएको छ । प्रितमलाई ‘सारेगमप’ को प्रमुख दाबेदार समेत मानिएको छ । 

यस्तै सामाजिक सञ्जालमार्फत भारतीय गायक सोनु निगम देखि नेपाली गायक प्रमोद खरेल, मुरलीधर लगायतले प्रितमको खुलेर प्रशंसा समेत गरेका छन् ।