​सञ्जिव पराजुलीको नयाँ गीत ‘आँखामा’ सार्वजनिक (भिडियोसहित)

Newslaya Home

​सञ्जिव पराजुलीको नयाँ गीत ‘आँखामा’ सार्वजनिक (भिडियोसहित)

शुक्रबार ०१, चैत २०७५

नेपाली सांगीतिक क्षेत्रका मुर्धन्य वक्तित्वहरु संगीतकार सचिन सिंह, गीतकार होमनाथ न्यौपाने र हालका एक पछि अर्को गर्दै हिट गीत दिन सफल गायक ‘सञ्जिव पराजुली’ को गीत ‘आँखामा’ सार्वजनिक भएको छ । गीतमा संगीत संयोजन गोपाल रसाइलीको रहेको छ । 

झट्ट सुन्दा फिल्मी शैलिको तर आधुनिक गीत ‘आँखामा’ मा गायकले आफ्नो भर्साटालिटी गायकी प्रस्तुत गरेका छन् । ‘कर्के नजर’, ‘नाई मलाई थाहा छैन’, ‘पहिलो भेटैमा’, ‘हिट हिट गीत’ जस्ता अन्य थुप्रै डान्सिंग नम्बर गीतहरुले श्रोता–दर्शकको मन पहिले नै जित्न सफल गायक सञ्जिवले ‘झिलमिल झिलमिल’, ‘त्यो सपना’, ‘तिमी मलाई मन पर्छ’, ‘चाहनामा’ जस्ता सुमधुर र सेमी–क्लासिकल गीतमा पनि उत्तिकै प्रसंसा कमाएका छन् । 

प्रस्तुत गीतलाई लाइमलाइट नेपालका टेकेन्द्र शाहले निर्देशन गरेका छन् । गीतलाई जिवन्त छायाँकन गरेका छन् भने टेकेन्द्र शाह आफैले इडिटिङ गरेका छन् । गीतमा कलाकारहरु रेम्बो अधिकारी र माला लिम्बुको अभिनय रहेको छ । त्यस्तै गीतलाई सन्तोष राजबाहकले कोरिओग्राफ गरेका छन् ।