चलचित्र ‘द म्यान फ्रम काठमाडौं’, ‘पुरानो बुलेट’ र ‘जानी नजानी’ एकै दिन प्रदर्शनमा

Newslaya Home

चलचित्र ‘द म्यान फ्रम काठमाडौं’, ‘पुरानो बुलेट’ र ‘जानी नजानी’ एकै दिन प्रदर्शनमा

शुक्रबार ०१, चैत २०७५

काठमाडौं । शुक्रबारबाट तीनवटा नेपाली फिल्म एकै साथ प्रदर्शनमा आएका छन् । जसमा  ‘द म्यान फ्रम काठमाडौं’, ‘पुरानो बुलेट’ र ‘जानी नजानी’ रहेका छन् । 

‘द म्यान फ्रम काठमाडौं’ पेमा धोन्डुप शेर्पाले निर्देशन गरका फिल्म हुन् । यो फिल्म नेपाली फिल्म अन्तराष्ट्रिय बजारसम्म पुर्याउने उद्धेश्यसहित निर्माण गरिएको फिल्म हो । अंग्रेजी भाषामा खिचिएको फिल्मलाई नेपाली डब गरेर नेपालमा प्रदर्शन गरिएको हो । यो फिल्मको निर्माणमा पाँच करोड भन्दा बढी लागत लागेको बताइएको छ । 

फिल्ममा नेपाली र विदेशी कलाकारहरुको अभिनय रहेको छ । जमसा अमेरिकी अभिनेता जोसे म्यानुअल, गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली अभिनेत्री आना शर्मा, कलाकारहरु नीर शाह, मिथिला शर्मा, शिशिर बाङ्देल, कर्मा शाक्य, आमिर गौतम लगायतको रहेका छन् । 

त्यस्तै अर्को फिल्म ‘पुरानो बुलेट’ पनि आजबाटै प्रदर्शनमा आएको छ । यो त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको फिल्म हो । यो फिल्मलाई  भिषण राईले निर्देशन गरेका हुन् । यो उनको 
 डेब्यू निर्देशन समेत हो । फिल्ममा नायक अनुप विक्रम शाहीका साथमा दुई नायिका बर्षा शिवाकोटी र माला लिम्बुको मुख्य भूमिका छ । 

त्यस्तै बसन्त अधिकारीद्वारा निर्देशित चलचित्र ‘जानी नजानी’ पनि आजबाटै पदर्शनमा आएको छ । या आधुनिक प्रेमकथामा आधारित चलचित्र हो । फिल्ममा निरिशाका साथमा मनिष श्रेष्ठ, नम्रता श्रेष्ठ, सन्नी सिंह लगायतको अभिनय रहेको छ ।