​न्युजिल्यान्डको दुईवटा मस्जिदमा आक्रमण, २७ जनाको मृत्यु

Newslaya Home

​न्युजिल्यान्डको दुईवटा मस्जिदमा आक्रमण, २७ जनाको मृत्यु

शुक्रबार ०१, चैत २०७५

न्युजिल्यान्ड । न्युजिल्यान्डको दुईवटा मस्जिदमा भएको गोलीबारीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ भने कयौँ घाइते भएका छन् । 

घाइतेहरुलाई अस्पताल लैजाने काम भइरहेको छ । प्रहरीले सेन्ट्रल क्राइस्टचर्चलाई चारैतिरबाट घेरा हालेको छ । 

प्रहरीले हमलाकारी मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ भने घटनामा उनको संलग्नता भएको वा नभएको भन्नेबारे पुष्टि भने भएको छैन ।

न्युजिल्यान्डका प्रधानमन्त्री जैसिन्डा अर्डर्नले यो घटना न्युजिल्यान्डको इतिहासमा सबैभन्दा कालो दिन रहेको बताएका छन् ।