न्युजिल्यान्डका मन्त्रीमाथि सडकमै मुक्का प्रहार भएपछि...

Newslaya Home

न्युजिल्यान्डका मन्त्रीमाथि सडकमै मुक्का प्रहार भएपछि...

शुक्रबार ०१, चैत २०७५

न्युजिल्यान्ड । न्युजिल्यान्डका जलवायु परिवर्तन मन्त्रीमाथि सडकमै मुक्का प्रहार भएको छ । 

ग्रिन पार्टीका सहनेतासमेत रहेका मन्त्री जेम्स सहलाई संसद् भवनतर्फ गइरहेका बेला मुखमा वेलिङ्टनमा बिहीबार बिहानै मुक्का प्रहार भएको बताइएको छ।

तर उनलाई गम्भीर चोट नलागे पनि आँखामा निलो डाम भएकोले उपचारको लागि अस्पताल गएको ग्रिन पार्टीका प्रवक्ताले बताएका छन् । 

यता  न्युजिल्यान्डका प्रधानमन्त्री जासिन्दा आर्डेनले न्युजिल्यान्डमा राजनीतिज्ञहरु खुल्लाखुला हिंड्ने वातावरण रहेता पनि उक्त घटनाले राजनीतिज्ञहरुको स्वतन्त्रता माथि प्रश्न चिन्ह खडा गरेको बताएका छन् । 

मन्त्रीलाई मुक्का प्रहार गरेको अभियोगमा एक ४७ वर्षीय पुरुष पक्राउ परेका छन् र उनलाई शुक्रबार अदालतमा हाजिर गराइने प्रहरीले जनाएको छ।