​‘केजिएफ’ को दोस्रो भाग निकाल्ने तयारी

Newslaya Home

​‘केजिएफ’ को दोस्रो भाग निकाल्ने तयारी

शुक्रबार ०१, चैत २०७५

काठमाडौँ । दक्षिण भारतीय कन्नड सिनेमा ‘केजिएफ’ को दोस्रो भागको छिट्टै नै सुटिङ हुने भएको छ । 

शाहरूख खान अभिनित ‘जिरो’सँगै रिलिज भएर ‘केजिएफ’ ले आफ्नो व्यपार सफल बनाउन सफल भएको थियो । 

‘केजिएफ’ का निर्माताहरु अहिले ‘केजिएफ’ को दोस्रो भाग पहिलो भाग भन्दा अझ भबय बनाउन लागि परेका छन् । 

बुधबार एक कार्यक्रमबीच सिनेमाको औपचारिक सुरूवातको घोषणा गरिएको थियो । कार्यक्रमा चलचित्रका नायक यशले ‘पहिलो भाग को तुलनामा दोस्रो भाग अझ राम्रो र भब्य हुने बताएका छन् । 

सिनेमा बलिउड अभिनेता संजय दत्तलाई मुख्य खलनायकको भूमिकामा खेलाउने तयारीमा ‘केजिएफ’ युनिट  रहेको छ। कार्यक्रममा सिनेमाको अप्रिलबाट सुटिङ् गरिने बताइएको थियो ।