​भारतमा पुल खस्दा ५ जनाको मृत्यु, ३४ जना घाइते

Newslaya Home

​भारतमा पुल खस्दा ५ जनाको मृत्यु, ३४ जना घाइते

शुक्रबार ०१, चैत २०७५

मुम्बई । भारतको मुम्बईमा छज्ञपति शिवाजी महाराज टर्मिनलको रेलवे स्टेशनको छेउमा रहेको फुटओवर ब्रिज खस्दा कम्तिमा ५ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।

उक्त घटना रेलवेका कर्मचारी र निर्माण कम्पनीको बीएमसीको लापरवाहीको कारणले भएको भारतीय प्रहरीले जनएका छन् । साथै उनीहरुमाथि दण्ड को माग गर्दै उजुरी समेत दार्ता गरीएको प्रहरीले जनाएका छन् । 

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडनवीसले यो मामिलामा उच्चस्तरीय जाँचको आदेश दिएका छन् । उनले मृत्यु हुनेका परिवारका सदस्यलाई ५ लाख रुपैयाँ र घाइतेलाई ५० हजार रुपिया दिने समेत घोषणा गरेका छन् ।