​अवैध हातहतियार ३५ दिन भित्रमा बुझाउन गृहमन्त्रालयको अग्रह

Newslaya Home

​अवैध हातहतियार ३५ दिन भित्रमा बुझाउन गृहमन्त्रालयको अग्रह

शुक्रबार ०१, चैत २०७५

काठमाडौँ । अवैध हातहतियार तथा खरखजाना राखेको भए ३५ दिनभित्र नजिकको प्रहरी चौकी वा जिल्ला प्रहरी कार्यालय वा नेपाली सेनाको ब्यारेकमा अनिवार्यरुपमा बुझाउन गृह मन्त्रालयले आग्रह गरेको छ । 

मन्त्रालयले सार्वजनिक गरेको सुचना अनुसार कानूनबमोजिम लिनुपर्ने इजाजत नलिइ वा इजाजतपत्र नवीकरण नगराई वा इजाजत प्राप्त व्यक्तिको मृत्युपश्चात हकवालाको नाममा नामसारी नगराई वा अन्य जुनसुकै तरिकाले राखिएका अवैध हतियारहरु बुझाउनु पर्नेछ । 

तोकिएको समयमा उक्त हातहतियार र खरखजाना बुझाउन ल्याएमा त्यास्ता व्यक्तिलाई कुनै कानुनी कारवाही नहुने तर तोकिएको समय सम्ममा पनि हतियार नबुझाएमा प्रचलति कानुन बमोजिम कारवाही गरिने मन्त्रालयको सुचनामा उल्लेख गरिएको छ ।