​वार्ताको लागि सरकारको अव्हान स्वागतयोग्य छ तर यसको औचित्य छैन्ः विप्लव समूह

Newslaya Home

​वार्ताको लागि सरकारको अव्हान स्वागतयोग्य छ तर यसको औचित्य छैन्ः विप्लव समूह

शुक्रबार ०१, चैत २०७५

काठमाण्डौ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले सरकारले वार्ताको लागि गरेको आह्वानलाई  स्वागत गरेको छ 

बिहीबार सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकार विप्लव समूहसँग वार्ता र छलफलका लागि सधैँ तयार रहेको बताका थिए । 

सरकारले गरेको उक्त निर्णय ढिलै भएपनि स्वागत योग्य रहेको विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य मोहन कार्की ‘जीवन्त’ बताएका छन् । 

साथै उनले आफ्नो पार्टीलाई प्रतिबन्ध लगाएर वार्ताका लागि गरिएको आह्वान स्वागतयोग्य भएपनि यसको औचित्य भने नरहेको बताएका छन् । आफूहरूलाई प्रतिबन्ध लगाएर सरकारले जबर्जस्ती युद्धमा धकेल्न खोजेको उनको भनाई रहेको छ । 

साथै कार्कीले वार्ताका लागि बोलाएको भनेर बाहिर हल्ला गरिएको भए पनि पार्टीलाई पत्र लेखेर औपचारिक रुपमा वार्ताका लागि सरकारले कुनै पहल नगरेको पनि बताएका छन् ।