​इलाममा आगलागीबाट १ करोड ४० लाख भन्दा बढीको क्षती

Newslaya Home

​इलाममा आगलागीबाट १ करोड ४० लाख भन्दा बढीको क्षती

बिहीबार ३०, फागुन २०७५

इलाम । इलाममा बिहीबार भएको आगलागीबाट १ करोड ४० लाख भन्दा बढीको क्षती भएको छ । 

इलामको सन्दकपुर गाउँपालिकाका स्थानीय चक्रदिप मुखियाको भान्साघरबाट सुरु भएको आगलागीबाट ५ वटा घर जलेका छन्।

आगलागीबाट चक्र मुखिया, निमदोर्जे शेर्पा, मिङमालमु शेर्पा, कमल मुखिया, र लाक्पा शेर्पाले संचालन गर्दै आएका काठबाट निर्माण गरिएका होटल र ती होटलमा रहेका सरसामान जलेर पूर्ण रुपमा नष्ट भएको प्रहरीले जनाएको छ।