​सप्तरीमा एक बालकले गरे अत्महत्या

Newslaya Home

​सप्तरीमा एक बालकले गरे अत्महत्या

बिहीबार ३०, फागुन २०७५

सप्तरी । बुधबार सप्तरी राजविराजका एक बालकले अत्महत्या गरेका छन् । अत्महत्या गर्नेमा सप्तरीको तिरहुत गाउँपालिका–५का १६ वर्षीय गौतम यादव रहेका छन् । 

राजविराज नगरपालिका–३ स्थित भाडामा बस्दै आएका यादवले कोठाको सिलिङ पङ्खामा पासो लगाएर अत्महत्या गरेको स्थानीयले बताएका छन् । स्थानीय ह्याप्पी ल्याण्ड सेकेण्डरी माविमा कक्षा नौमा अध्ययनरत यादवले एकोहोरो प्रेम असफल भएका कारण आत्महत्या गरेको उनका साथीहरुको भनाई रहेको छ ।