५२ सालको नक्कल नगर्न विप्लपलाई प्रचण्डको चेतावनी

Newslaya Home

५२ सालको नक्कल नगर्न विप्लपलाई प्रचण्डको चेतावनी

बिहीबार ३०, फागुन २०७५

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लव समूहलाई ७५ सालमा ५२ सालको नक्कल नगर्न चेतावनी दिएका छन् । 

सहिद तथा बेपत्ता परिवारलाई सम्मान गर्न आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले आफूलाई मार्ने षड्यन्त्र गरेको पनि आरोप लगाएका छन्। 

जनयुद्धको निर्माता, योजनाकर्ता र कमान्डर तथा शान्तिप्रक्रियाको पनि नेतृत्वकर्ता भएको नाताले आफूलाई शान्तिप्रक्रिया सम्पन्न गर्न अन्तिमसम्म लड्नुको विकल्प  नभएको पनि उनले बताएका छन् ।