​महिला साफ च्याम्पियनसिप फुटबलः बंगलादेशद्वारा भुटान २–० ले पराजित

Newslaya Home

​महिला साफ च्याम्पियनसिप फुटबलः बंगलादेशद्वारा भुटान २–० ले पराजित

बिहीबार ३०, फागुन २०७५

विराटनगर । महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत विहिबार भएको खेलमा बंगलादेश विजयी भएको छ । 

विराटनगरको शहिद रंगशालमा भएको प्रतियोगितमा बंगलादेशले भुटानलाई २–० को अन्तरले पराजित गरको हो । 

बंगलादेशका लागि दोस्रो हाफको दोस्रो मिनेटमा मिश्रात जहान मौसमीले पहिलो गोल गरेकी थिइन् । त्यस्तै खेलको ८३ औँ मिनेटमा सविना खातुनले गोल गर्दै बंगलादेशको अग्रतलाई दोब्बर बनाएकी थिइन् । 

उद्घाटन खेलमै नेपालसँग ३–० को पराजय भोगेको भुटानको यस हारसँगै अघिल्लो चरणमा प्रवेको सम्भावना सकिएको छ ।