वीपी प्रतिष्ठानका उपकुलपति रौनियार बर्खास्त

Newslaya Home

वीपी प्रतिष्ठानका उपकुलपति रौनियार बर्खास्त

बिहीबार ३०, फागुन २०७५

धरान । पदको दुरुपयोग गरेको भन्दै गत फागुन १७ गते बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानको सिनेट बैठकले उपकुलपति डाक्टर राजकुमार रौनियारलाई बर्खास्त गर्न गरेको सिफारिस प्रतिस्ठानका कुलपती प्रधानमन्त्री केपि शर्मा ओलिले सदर गरिदिएका छन् ।

प्रधानमन्त्री ओलिले बिहीबार बर्खास्तको सिफारिस सदर गर्दै रौनियारलाई पदमुक्त गरेका हुन् । फागुन १६ र १७ गते बसेको प्रतिस्ठानको ४२ औ सिनेट बैठकले बर्खास्त गर्न सिफारिस गरेको थियो । 

रौनियारलाई पदिय दुरुपयोग गर्दै प्रतिस्ठानमा सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोप लगाउदै बर्खास्तीको सिफारिस गरेको थियो । सिनेटले प्रतिस्ठन को रेक्टर गुरु खनाललाई कार्यबाहक उपकुलपति नियुक्ती गरेको छ ।