​बेलबारी स्थित चिसाङ खोलाको पुल छेउमा कुकर बम फेला

Newslaya Home

​बेलबारी स्थित चिसाङ खोलाको पुल छेउमा कुकर बम फेला

बिहीबार ३०, फागुन २०७५


बेलबारी । मोरङको बेलबारी १० स्थित चिसाङ खोलाको पुल छेउमा कुकर बम फेला परेको छ । 

केही समयअघि सडकमा आवातजावत गरिरहेका यात्रुहरुलाई रोकेर बिप्लव नेतृत्वको माओबादीका कार्यकर्ताहरुले कुकर बम राखेका हुन् । उनीहरुले यात्रुहरुलाई सडकमा नहिँड्न आग्रह गर्दै बम राखेको प्रत्यक्षदर्शीले बताएका छन् । 

सडकको बिच भागमा कुकरमा रातो टेपले बाँधेर करिब २० मिटरको तार समेत जोडी बम राखी कार्यकर्ताहरु जंगल पसेका थिए । बेलबारी नगरपालिका–८ राधानगरमा रहेको पेट्रोल खानी र चिसाङको बीचको जङ्गलमा संकास्पद सामग्री भेटिएको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । 

घटना लगत्तै घटनास्थलमा ईलाका प्रहरी कार्यलय बेलबारीको टोली, पथरीको टोली पुगेको बताइएको छ ।