​इलामका तीन होटलमा आगलागी

Newslaya Home

​इलामका तीन होटलमा आगलागी

बिहीबार ३०, फागुन २०७५

इलाम । इलामको माइपोखरी अघाडि रहेका होटलहरुमा आगलागी भइरहेको छ । आगलागीका कारण तीन घर जलेर नष्ट भइसकेको छ भने अर्को घरमा आगो सल्किएको जनाइएको छ 

आगोले निमदोर्जे शेर्पा, चक्र बहादुर मुखिया, कमल मुखियाको घर जलेर नष्ट भइसकेको छ भने लाक्पा शेर्पाको घरमा आगो फैलिरहेको स्थानीयले बताएका छन । उक्त घरहरुमा होटल तथा पसलहरु सञ्चालन थिए ।

नेपाली सेना, प्रहरी र स्थानीयले घरमा रहेको सामान बाहिर निकाल्दै गरेपनि आगो नियन्त्रण बाहिर रहेको जिल्ला प्रहरी कार्यलय इलामले जानकारी दिएको छ ।