​लहानमा सिलिण्डर पड्केर आगलागी हुँदा १५ लाखको क्षति

Newslaya Home

​लहानमा सिलिण्डर पड्केर आगलागी हुँदा १५ लाखको क्षति

बिहीबार ३०, फागुन २०७५

 सिरहा । लहानमा बुधबार राती ग्यास सिलिण्डर पड्केर आगलागी हुँदा करीब रु १५ लाख बराबरको क्षति भएको छ ।  

लहान नगरपालिका –२२ गम्हरिया का राधेश्याम चौधरीको घरमा बिहेमा खाना पकाउँदै गर्दा ग्यास अचानक ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा बिहेको लागि ल्याएको नगद, सुनचाँदी र सरसामान जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । 

आगलागीबाट चौधरीले छोरीको बिहेका लागि ल्याएको आठ लाख बराबरको सरसामान, दुई लाख नगद र डेढ लाखको सुनचाँदी जलेर नष्ट भएको छ ।

घरबाट आगो सल्केर चौधरीसहित छिमेकी दुखी चौधरी, बालकृष्ण चौधरीको एक एक वटा घर र खाद्यान्न गरी करीब रु १५ लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र लहान नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।