​पब्जी खेल्ने १० जना पक्राउ

Newslaya Home

​पब्जी खेल्ने १० जना पक्राउ

बिहीबार ३०, फागुन २०७५

काठमाडौं । भारतको गुजरातस्थित राजकोटमा मोबाईल गेम पब्जी खेल्न प्रतिबन्ध लगाइएको छ । प्रतिबन्ध लगाइएपछि पनि पब्जी खेल्दै गरेका दश जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनीहरुको साथबाट अनुसन्धानका लागि मोबाईल फोन समेत खोसेको छ । प्रहरीका अनुसार उक्त गेम खेलिरहेका ती युवाहरु यति मग्न भएका थिए कि प्रहरीहरु उनीहरुलाई पक्राउ गर्न नजिकै आउँदा समेत उनीहरुले पत्तो पाएनन् ।

प्रहरी अधिकारी मनोज अग्रवालले मार्च ६ मा एक सुचना जारी गर्दै पब्जीलाई राजकोटमा बन्देज लगाएका थिए । पक्राउ परेकाहरुलाई प्रहरीको सुचना उल्लंघन गरेको आरोपमा कारवाही अघि बढाइने भएको छ ।

यस खेलले युवा तथा बालबालिकाहरुमा हिंसात्मक प्रवृति बढाएको, अध्ययनमा असर पुर्याएको, भाषा र आचरणमा असर पुर्याएको भन्दै प्रहरीले राज्य सरकारको निर्देशनमा बन्देज लगाइएको थियो ।