​प्रदेश नम्बर एकमा करिब २६ करोडको लगानीमा प्रदेश प्रहरी कार्यालय बन्ने

Newslaya Home

​प्रदेश नम्बर एकमा करिब २६ करोडको लगानीमा प्रदेश प्रहरी कार्यालय बन्ने

बिहीबार ३०, फागुन २०७५

विराटनगर । प्रदेश नम्बर एकमा प्रदेश प्रहरी कार्यालय बन्ने भएको छ । ५ तले प्रदेश प्रहरी कार्यालय भवन निर्माणका लागि प्रदेश सरकारले यस आर्थिक वर्षमा ५ करोड रुपैया विनियोजन गरेको छ ।

करिब २६ करोड रुपैयामा निर्माण गरिने उक्त भवन दुई वर्ष भित्र सम्पन्न गर्ने योजना रहेको छ । एक कार्यक्रम बीच प्रदेशका मुख्यमंत्री शेरधन राईले करिब सय वटा कोठा र दुई वटा कन्फरेन्स हल रहने उक्त भवनको शिलान्यास गरेका हुन् ।

यसैगरी, कार्यक्रममा विभिन्न प्रहरी इकाईहरुलाई प्रदेश सरकारले उपलब्ध गराएको २ सय वटा मोटरसाइकल र १५ वटा चारपांग्रे गाडीहरुका साथै विपद उद्धार सामग्री समेत वितरण गरिएको छ ।

सो कार्यक्रममा एक नम्बर प्रदेश प्रहरी प्रमुख डिआईजी केदार रिजालले साधन स्रोतको अभावमा शान्ति सुरक्षा कायम गर्न समस्या भईरहेको बेला प्रदेश सरकारले साधन श्रोत उपलब्ध गराउन र भौतिक पूर्वाधार निर्माणमा सहयोग गरेर उल्लेखनीय कार्य गरेको जानकारी दिए ।