​संसारभर नै फेसबुक र इन्स्टाग्राममा समस्या !

Newslaya Home

​संसारभर नै फेसबुक र इन्स्टाग्राममा समस्या !

बिहीबार ३०, फागुन २०७५

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा गए रातीदेखि समस्या आएको छ ।

केही प्रयोगकर्ताका फेसबुक र इन्स्टाग्राम पूर्ण रूपमा बन्द भएका छन् । कतिपयका खुले पनि राम्ररी चलेका छैनन् ।

म्यासेञ्जरले पनि राम्रो काम गरेको छैन । अमेरिका, बेलायत, ब्राजिल, पेरू, कोलम्बिया, मेक्सिकोलगायतका देशका प्रयोगकर्ताको फेसबुक खुले पनि उनीहरुले स्टाटस वा तस्बिर राख्न नपाएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

समस्या समाधानका लागि पहल भइरहेको फेसबुकले जनाएको छ ।