​रङ्गशालाका लागि धुर्मुस–सुन्तलीले १ लाख सहयोग गर्ने

Newslaya Home

​रङ्गशालाका लागि धुर्मुस–सुन्तलीले १ लाख सहयोग गर्ने

बिहीबार ३०, फागुन २०७५

काठमाडौं । चितवनको भरतपुरमा निर्माणाधिन ‘गौतम बुद्द अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि अभियन्ता तथा कलाकारद्धय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले आर्थिक सहयोगको घोषणा गरेका छन् ।

बिहीबार छोरी सुबिहानीको जन्मदिनको अवसर पारेर यो जोडीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोगको घोषणा गरेको हो ।

सितारामले फेसबुकमा स्टाटस लेख्दै सहयोगको घोषणा गरेका हुन् । धुर्मुस–सुन्तली फाउण्डेसनले क्रिकेट रंगशाला निर्माणको काम गरिरहेको छ ।