२०७५ फाल्गुण ३० गते बिहिबारको राशिफल

Newslaya Home

२०७५ फाल्गुण ३० गते बिहिबारको राशिफल

बिहीबार ३०, फागुन २०७५

मेष । पुनर्मिलनको योग रहेको छ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

वृष । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ ।

मिथुन । वैदेशिक क्षेत्र कमजोर रहला । दबाब र तनाव बढेको महसुस हुनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

कर्कट । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ ।

सिंह । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेमीको सहयोग पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कन्या । आफन्तको सहयोग प्राप्त हुनेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

तुला । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । मुद्दा मामिला आइलाग्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

वृश्चिक । दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । दाम्पत्य जीवन सुखमय हुनेछ । धार्मिक यात्राको योगछ ।

धनु । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । मनोरञ्जनमा सहभागी भइएला । परिवारमा सुख सन्तोष छाउनेछ ।

मकर । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ ।

कुम्भ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा मालसामान हराउन सक्छ ।

मीन । जोश जाँगर र हिम्मत वढ्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । परिवारिक सद्भावपनि बढ्नेछ ।