​भोजपुरमा बालिका करणीका आरोपीलाई जन्मकैद

Newslaya Home

​भोजपुरमा बालिका करणीका आरोपीलाई जन्मकैद

बुधबार २९, फागुन २०७५

भोजपुर । जिल्ला अदालत भोजपुरले बालिका करणीका आरोपी साल्पासिलिछो गाउँपालिका–५ का  सञ्जय राईलाई जन्मकैदको फैसला गरेको छ ।

राईले एक बालिकालाई जबर्जस्ती करणीको प्रयासपछि भदौ १० गते हत्या गरेको अभियोगमा जन्मकैद र एक लाख रुपैया क्षतिपूर्तिको फैसला गरेको अदालतले जनाएको छ । 

जिल्ला न्यायाधीश हरिश्चन्द्र इङनामको इजलासले राईलाई जबर्जस्ती करणी उद्योग र ज्यानसम्बन्धी कसुरमा जन्मकैदको सजाय गरेको हो ।