​महिला साफ च्याम्पियनसिप फुटबलः भारतद्वारा माल्दिभ्स ६–० पराजित

Newslaya Home

​महिला साफ च्याम्पियनसिप फुटबलः भारतद्वारा माल्दिभ्स ६–० पराजित

बुधबार २९, फागुन २०७५

विराटनगर ।  विराटनगरमा जारी महिला साफ च्याम्पियनसिप प्रतियोगिता अन्तर्गत आज भएकको खेलमा भारत विजयी भएको छ । 

विराटनगरको सहिद रंगशालामा  जारी प्रतियोगितामा भारतले माल्दिभ्सलाई ६–० को अन्तरले पराजित गरहेको हो । 

खेलको सुरुवाती देखिनै माल्दिभ्सलाई दबाबमा राख्न सफल भएको भारतका लागि ग्रासेई दाङ्गमैले खेलको ८ औ मिनेटमा गरेकी थिइन् । त्यसको ५ मिनेट नबित्दै स्विटी देवीले भारतको अग्रतालाई दोब्बर बनाइन् । 

त्यस्तै भारतका लागि इन्दुमति, सञ्जु, रतन्वाला देवी अन्य गोल गरेका थिए । यस्तै मंगलबार भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० गोलअन्तरले पराजित गरेको थियो ।