​तन्काउन मिल्ने स्मार्टफोन ल्याउँदै एलजी

Newslaya Home

​तन्काउन मिल्ने स्मार्टफोन ल्याउँदै एलजी

बुधबार २९, फागुन २०७५

काठमाडौं । विश्वका चर्चित स्मार्टफोन कम्पनीहरु स्क्रिन फोल्ड गर्न मिल्ने स्मार्टफोन निर्माणमा केन्द्रित भइरहेका बेला दक्षिण कोरियाली कम्पनी एलजीले तन्काउन मिल्ने फोन बजारमा ल्याउने घोषणा गरेको छ ।

एलजीका अनुसार उसले फोल्डेबल फोन नभै स्ट्रेचेबल अर्थात् तन्काउन र खुम्चाउन मिल्ने लचिलो फोन निर्माणमा काम गरिरहेको छ ।

एलजीले तन्काउने फोनको प्रविधिको पेटेन्ट दर्ता गरिसकेको छ । जसबाट प्रष्ट हुन्छ कि एलजीको उक्त फोन लचिलो हुनेछ र त्यसलाई अगाडि र पछाडि तथा दायाँ बायाँ सबैतर्फ मोड्न अर्थात् तन्काउन सकिनेछ । स्मार्टफोनको डिस्प्लेलाई सबै दिशामा बढाउन तथा घटाउन सकिन्छ । आफुलाई मनपर्ने आकारमा स्क्रिनको साइज मिलाउन पनि सकिनेछ ।