भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म बन्दै

Newslaya Home

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म बन्दै

बुधबार २९, फागुन २०७५

मुम्बई । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित रहेर फिल्म बन्ने भएको छ । 

निर्देशक उमेश शुक्लाले भारतीय प्रधानमन्त्रीको जीवनीमा आधारित (मोदी) नामको वेब सिरिज बनाउने भएका हुन् । यो वेब सिरिज १० भाग सम्मको हुनेछ । 

यो भारतीय प्रधानमन्त्री मोदीको एक प्रकारको बायोपिक हुनेछ जसमा उनी राजनीतिमा आउनुअघि देखि प्रधानमन्त्रीसम्मको यात्रालाई देखाइनेछ । यस फिल्मको पहिलो पोस्टर पनि सार्वजनिक भइसकेको छ । यो वेब सिरिज यसै वर्षको अप्रिलदेखि स्ट्रिमिङ हुने बताइएको छ । 

यो वेब सिरिज नरेन्द्र मोदीको १२ वर्षको उमेरदेखि शुरू हुनेछ र उनको जीवनका संघर्षहरूलाई देखाइनेछ । जानकारीका अनुसार यस वेब सिरिजमा नरेन्द्र मोदीको भूमिकालाई अलगअलग समयमा अलगअलग कलाकारले निर्वाह गर्नेछन् ।