​पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी अचेत, भेन्टिलेटरमा राखेर उपचार गरिँदै

Newslaya Home

​पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी अचेत, भेन्टिलेटरमा राखेर उपचार गरिँदै

शुक्रबार १७, फागुन २०७५

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । 

लामो समयदेखि अस्वस्थ अधिकारीको २० दिनदेखि ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । उनी अचेत रहेको र आइसियुमा भेन्टिलेटरमा राखिएको अस्पताल स्रोतले बताएको छ । 

८२ वर्षीय अधिकारीको मुटु र फोक्सोमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । हाल उनलाई ह्याम्स अस्पतालमा वरिष्ठ छातीरोग विशेषज्ञ अर्जुन कार्की, मुटुरोग विशेषज्ञ डा. भगवान कोइरला र डा. रोसन राउत लगायतका छाती रोग र मुटुरोग विशेषज्ञको टोली उनको उपचारमा संलग्न रहेको अस्पतालले जनाएको छ । 

यता अधिकारीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि विदेशमा रहेका उनका छोरीहरू स्वदेश फर्किदै छन् ।