​९० करोडको पहिरनका कारण ईशा अम्बानी सामाजिक सञ्जालमा भाइरल

Newslaya Home

​९० करोडको पहिरनका कारण ईशा अम्बानी सामाजिक सञ्जालमा भाइरल

बिहीबार १६, फागुन २०७५

काठमाडौँ। एसियाकै धनि व्यक्तिको सूचिमा रहेका मुकेश अम्बानीकी छोरी ईशा अम्बानी यतिबेला चर्चामा रहेकी छिन् । 

उनी केही समय अगाडी सामाजिक सञ्जालमा निकै छाइन् जसको कारण थियो उनको कपडा । एक रिपार्टको अनुसार उनी एक कार्यक्रममा संसारकै सबैभन्दा महङ्गो कपडा लगाएर पुगिन् । जसको मूल्य रहेको थियो ९० करोड रुपैयाँ । जुन हिराजडित रहेको थियो । 
 
मुकेश अम्बानीको तीन जना छोराछोरी रहेका छन्, छोरी ईशा र दुई छोरा । ईशा ‘बिजनेस वुमन’ हुन् । उनको जन्म २३ अक्टुबर १९९१ मा भएको थियो । उनी परिवारमा सबैभन्दा कम उमेरकी करोडपति हुन् ।