​पाँचतारे होटल भन्दा कम छैन यो जेल

Newslaya Home

​पाँचतारे होटल भन्दा कम छैन यो जेल

बिहीबार १६, फागुन २०७५

काठमाडौं । संसारमा अनकौँ प्रकारका अनौठा तथ्यहरु रहेका छन् । यस्तै विभिन्न देशका आ–आफ्नै नीति नियम रहेका छन् । 

त्यस्तै मान्छेलाई जेल भन्ने वित्तिकै एकदमै कालोकोठा, चिसो भुँइ, र कडा सुरक्षा भएको याद आउँछ । तर, अष्ट्रियामा यस्तो शानदार जेल पनि छ जो पाँच तारे होटल भन्दा कम छैन ।

जसको नाम हो जस्टिस सेन्टर लियोबेन जेल । जुन विश्वभर प्रशिद्ध रहेको छ । उक्त जेलभित्र पाइने सुविधाहरु जो कोहीको पनि मन लोभ्याउने किसिमको रहेको छ । जसमा अहिले २ सय ५ कैदीहरु रहेका छन् । यो जेलमा एक कैदीलाई लिभिङ रुम, किचनका साथै निजी बाथरुमको पनि सुविधा छ ।

अष्ट्रियाको यो जेल सानोतिनो अपराध गर्ने मानिसहरुका लागि बनाइएको हो । अदालतको फैसलाको कारण बाहिर बस्न नमिल्ने कैदीहरु यो जेलमा बस्न आउँछन् । यो जेलमा बस्दा उनीहरुको आचरणमा सुधार आउने विश्वासका साथ यो जेल शान्दार बनाइएको अष्ट्रियाली सरकारको भनाइ छ ।