​नेपाली महिला क्रिकेट टिम स्वदेश फिर्ता

Newslaya Home

​नेपाली महिला क्रिकेट टिम स्वदेश फिर्ता

बिहीबार १६, फागुन २०७५

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकपको एसिया छनोटमा उपविजेता बनेको नेपाली महिला क्रिकेट टिम बिहीबार (आज) स्वदेश फर्किएको छ ।

थाइल्यान्डमा बुधबार सम्पन्न आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुग्न नसकेपनि उपविजेता बन्दै नेपाली महिला टिम आज स्वदेश फर्किएको हो ।

नेपालले प्रतियोगिताको अन्तिम खेलमा कुवेतलाई ३० रनले पराजित गरेपनि अर्को खेलमा थाइल्यान्डले यूएईलाई पराजित गर्दै टी–२० विश्वकप छनोट २०१९ र विश्वकप २०२० को छनोटमा प्रवेश गरेको छ ।

एसिया छनोट प्रतियोगितामा नेपालले ६ खेलमध्ये पाँच खेलमा जित र एक खेलमा हार ब्यहोर्दै १० अंक बनाएको थियो । थाइल्यान्डले भने एक खेल पनि नहारी १२ अंक बनाउँदै विजेता बनेको हो ।