‘टिक टक’लाई अमेरिकामा ६५ करोड जरिवाना, यस्तो छ कारण

Newslaya Home

‘टिक टक’लाई अमेरिकामा ६५ करोड जरिवाना, यस्तो छ कारण

बिहीबार १६, फागुन २०७५

काठमाडौं । पछिल्लो समय चर्चीत भिडियो सेयरिङ एप ‘टिक टक’लाई अमेरिकामा करोडौँ जरिवाना गरिएको छ ।

एजेन्सीहरुका अनुसार कम्पनीले १३ वर्षमुनिका बच्चाहरुसम्बन्धी तथ्य अवैधानिक रुपमा संकलन गरेको भन्दै अमेरिकाको संघीय वित्त आयोगले ६५ करोड जरिवाना तिराएको हो ।

अमेरिकामा जरिवानामा परेको म्युजिकल्ली गत अगष्टमा टिक टकमा मर्ज भएको थियो । भिडियो सेयरिंग एप सन् २०१७ मा बाइटिडान्स नामको कम्पनीसँग सम्बन्धित भएको थियो ।

उक्त एप नेपालमा समेत उत्तिकै चर्चित छ भने विश्वमा यसका करोडौँ प्रयोगकर्ताहरु छन् । 

अमेरिकी वित्त आयोगले अहिलेसम्म संकलन गरेको बालबालिकाको तथ्यांक समेत डिलेट गर्न भनेको छ ।

त्यस्तै अमेरिकामा अब यो एप खोल्दा प्रयोगकर्ताले आफ्नो उमेर प्रमाणीकरण (भेरिफाई) गर्नुपर्नेछ ।