​दमकमा स्कुलको गेटले किचेर एक बालकको मृत्यु, एक घाइते

Newslaya Home

​दमकमा स्कुलको गेटले किचेर एक बालकको मृत्यु, एक घाइते

बिहीबार १६, फागुन २०७५

झापा । दमक–१० मा स्कुलको गेटले किचेर एक बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

जनता प्राथमिक बिद्यालयमा नर्सरीमा अध्ययनरत ७ बर्षीय बिजेन्दर हेमरनलाई स्कुलमा खेल्ने क्रममा अचानक मेन गेट लडेर किचेको थियो ।

गेटले थिचेर गम्भीर घाइते भएका बालकलाई उपचारको लागि लाईफ लाईन अस्पताल दमक पठाईएकोमा उपचारको क्रमममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

सोही गेटले थिचेर घाइते भएकी ९ बर्षीया तारा दर्जीको सोही अस्पतालमा उपचार भईरहेको छ ।