​जिपको ठक्करबाट झापामा एक जनाको मृत्यु

Newslaya Home

​जिपको ठक्करबाट झापामा एक जनाको मृत्यु

बिहीबार १६, फागुन २०७५

झापा । झापाको शिवसताक्षीमा मालबाहक पिकअप जिपको ठक्करबाट वुधबार राति एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका– ११ का ४७ वर्षीय दीपक राई रहेको ईलाका प्रहरी कार्यालय झिलझिले ले जनाएको छ ।

पूर्वबाट पश्चिम जाँदै गरेको बा ५ च ९४२९ नम्बरको पिकअप जिपले राइलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका राईको उपचारको लागि विर्तामोड लैजाँदै गर्दा बाटैमा  मृत्यु भएको प्रहरीले जनाएको छ ।