​इटहरीमा प्रदेश १ स्तरिय तेक्वान्दो प्रतियोगीता हुने

Newslaya Home

​इटहरीमा प्रदेश १ स्तरिय तेक्वान्दो प्रतियोगीता हुने

बिहीबार १६, फागुन २०७५

इटहरी । इटहरीमा प्रदेश नं.१ स्तरिय तेक्वान्दो प्रतियोगीता २०७५ हुने भएको छ । पाथिभरा तेक्वान्दो डोजङको आयोजनामा यही फाल्गुन १७ र १८ गते इटहरी–५ स्थीत बेबिलोन स्कुलको प्राङगणमा उक्त प्रतियोगीता हुन लागेको हो । 

प्रतियोगीतामा ताप्लेजुङ, इलाम, मोरङ, सुनसरी, झापा, उदयपुर, सोलुखुम्बु, खोटाङ, धनकुटा र बिभागीय टिम आर्मी स्कुल धरान, पूर्वी पृतना तेक्वान्दो गरी जम्मा ११ टिमको सहभागी रहने आयोजकले जनाएको छ । 

प्रतियोगीतामा पुरुष तर्फ २२ केजी तौल देखि ८० केजीसम्मकाले भाग लिने पाउने छन् भने महिला तर्फ ३३ केजी देखि ५६ केजीसम्मले भाग लिने पाउने जनाइएको छ । उक्त प्रतियोगीता नेपाल तेक्वान्दो संघको नियम अनुसार रहने कार्यक्रममा संयोजक देशबन्धु कार्कीले जानकारी दिए । कार्कीका अनुसार प्रतियोगीतामा जम्मा १७ वटा तौल समूह रहने छ ।

प्रतियोगीतामा प्रत्येक तौल समूहमा प्रथम, दास्रो र तेस्रो स्थान प्राप्त गर्नेलाई मेडल तथा प्रमाण पत्र वितरण गरिने छ । सहभागी टिम प्रथम, दोस्रो र तेस्रोलाई शिल्ड तथा प्रमाणपत्र वितरण गरिने छ । यस्तै, परुष तर्फ र महिला तर्फ एक–एक जनालाई प्रमाणपत्र तथा ट्रफीसहित नगद पुरस्कार वितरण गरिने कार्कीले बताए ।