सुनको मूल्य घट्यो

Newslaya Home

सुनको मूल्य घट्यो

बिहीबार १६, फागुन २०७५

काठमाडौं । बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

आज छापावाला सुन तोलामा दुई सय रुपैयाँले घटेर ६२ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन भने प्रतितोला ६२ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ । 

यस्तै, चाँदी तोलाको ७७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।