​दमकमा बालकको बेबारिसे शव फेला

Newslaya Home

​दमकमा बालकको बेबारिसे शव फेला

बिहीबार १६, फागुन २०७५

झापा । दमकमा बिहीबार बिहान एक जना बालकको बेबारिसे शव भेटिएको छ । 

दमक–५ स्थित गोरखा डिपार्टमेन्ट स्टोर नजिकैको वर्कसपमा ११ वर्षिय बालक अनिल दर्नाल झुण्डिएको अवस्थामा शव फेला परेको  इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

वर्कसपमा मर्मतका लागि राखिएको को १ त ७४०० नम्बरको ट्याक्टरमा झुण्डिएको अवस्थामा बालक मृत भेटिएको प्रहरीले जनाएको छ ।

दर्नाल सडकमा मागेर घुमफिर गरिआएका बताइएको छ । मृतकका आफन्त र स्थानीयले घटना शंकाष्पद भएको हुनसक्ने भन्दै छानविनका लागि माग गरेका छन् । प्रहरीले घटनाको आवश्यक अनुसन्धान शुरु गरेको जनाएको छ ।