द्वन्दकालमा सेनाबाट लुटिएको थियो धरानमा बरामद राइफल, यस्तो छ विशेषता

Newslaya Home

द्वन्दकालमा सेनाबाट लुटिएको थियो धरानमा बरामद राइफल, यस्तो छ विशेषता

बिहीबार १६, फागुन २०७५

धरान । धरानको पानवारीमा बुधबार विप्लवका कार्यकर्तासंग फेला पारीएको आधुनिक हतियार द्वन्दकालमा नेपाली सेनाबाट लुटिएका खुलासा भएको छ । धरान ६ स्थित पानवारीमा प्रहरीले चेकिङको क्रममा हतियारसहित वेलवारी १० का देब कुमार लिम्बुलाई प्रहरीले पक्राउ गरेको थियो । 

उनको साथ बाट एलएमजी र एम १६ राईफल बरामद भएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका हतियारहरु नेपाल प्रहरी र शसस्त्र प्रहरी संग मात्रै हुने गर्दछ । द्वन्दकालमा नेपाली सेनाले प्रयोग गर्नका लागि दुवै खाले राईफलहरु खरिद गरिएका थिए । 

एलएमजीले एक पटकमा ३० राउण्ड गोलि चलाउन सक्छ भने एल १६ ले एक पटकमा ४० राउण्ड सम्म गोलि चलाउन सकिने जनाएको छ । ठुलो मास संगै भिड्नका लागि लुकाईएका राईफलहरु एकत्रित गर्न खोजिरहेको प्रहरीको आशंका छ ।  

मोटरसाइकलमा सवार दुई जनालाई चेकजाँच गर्न खोज्दा उनीहरु भागेका थिए । करिब १ किलोमिटर पछयाँउदै गएको प्रहरीको टोलिले पक्राउ गरेको हो । अर्का एक जना भने फरार रहेको प्रहरीले जनाएको छ । 

थप अनुसन्धानको प्रक्रिया अघि बढाईएको प्रदेश नम्बर १ का प्रहरी प्रमुख केदार रिजालले बताए । लिम्बुलाई थप अनुसन्धानका लागि धरान स्थित ईलाका प्रहरी कार्यालयमा राखेर अनुसन्धान भईरहेको उनले बताए ।
 

धरानबाट अत्याधुनिक हतियारसहित विप्लवका कार्यकर्ता पक्राउ