२०७५ फाल्गुण १६ गते बिहिबारको राशिफल

Newslaya Home

२०७५ फाल्गुण १६ गते बिहिबारको राशिफल

बिहीबार १६, फागुन २०७५

मेष । शुभकार्यको चर्चा चल्नेछ । आकस्मिक धन लाभ हुनेछ । प्रेमीको सहयोग पाईनेछ । विश्वास गरेकाले साथ दिनेछन् । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

वृष । मानसिक चिन्ता बढ्नेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । मन खिन्न हुने स्थिति आउनेछ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला ।

मिथुन । कूटनीतिक नियोगको सहयोग मिल्ला । कार्यमा सफलता पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ ।

कर्कट । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । समाजसेवामा मन लाग्नेछ ।

सिंह । आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । पुनर्मिलनको योग रहेको छ ।

कन्या । सरकारी निकाएको भय रहला । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । राजनैतिक कार्यमा बाधा आउनेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

तुला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ ।

वृश्चिक । बन्धु–बान्धवबाट सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । अधुरो काम पूरा हुने र परोपकारमा रुचि बढ्नेछ ।

धनु । प्रणयसम्बन्ध र रतिराग बढाउने समय रहेको छ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भईएला ।

मकर । स्वास्थ्यमा समस्या आउनेछ । अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । प्रेममा बाधाका साथै मन कमजोर रहला । वैदेशिक क्षेत्रपनि कमजोर रहनेछ ।

कुम्भ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । सन्तान सुख मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

मीन । अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । माइलो यात्राको योग रहेको छ । नयाँ कार्यको योजना बन्नेछ । शत्रुमाथि विजय मिल्नेछ ।