​हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित ६ जनाको मृत्यु !

Newslaya Home

​हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित ६ जनाको मृत्यु !

बुधबार १५, फागुन २०७५

काठमाडौं । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित ६ जनाको मृत्यु भएको नागरिक उड्डयन प्राधिकरणले पुष्टि गरेको छ । मृतक पाँच जनाको शव फेला परेको प्रहरीले जनाएको छ । 

हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, प्रधानमन्त्री केपी शर्मा ओलीका सरकारी स्वकीय सचिव अर्जुन दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र प्रसास शेरचन र अर्का एकजना सवार थिए ।

हेलिकप्टर आकाशमै आगो लागेर खसेको हो वा भुईंमा झरेर आगो लागेको हो भन्ने विषयमा खुलासा भएको छैन । घटना बारे अनुसान्धान भइरहेको प्रहरीले जनाएको छ । 

​पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना
​पर्यटनमन्त्री सवार हेलिकप्टर दुर्घटना, प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक